कर्तव्य ज्यान मु-द्धाका फरार धादिङका रण बहादुर थापा प-क्राउ



कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका(६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई सोही ठाउँबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अंश सम्बन्धी विवादको कारण थापाले आफ्नै सौतेनी आमा साईली थापालाई २०५८ माघ १४ गते आफ्नै घरभित्र घाँटी थिचेर हत्या गरी घटना पश्चात फरार रहेका थिए । फरार थापा लामो समयसम्म काठमाडौं टेकुमा लुकीछिपी बसी पछिल्लो समयमा आफ्नै घरमा गएर बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

थापालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्