भारतमा कोरोना संक्रमितको संख्या १३७ पुग्यो, हालसम्म तीन जनाको मृ त्यु

७१ रेल रद्द


काठमाडौं । भारतमा कोरना भाइरस संक्रमित बिरामीको संख्यामा वृद्धि भइरहेको छ। विश्वभर एक लाख ८२ हजारभन्दा धेरै मानिसमा फैलिरहेको यो भाइरसको संक्रमण भारतमा १३७ जनामा पुष्टि भएको छ।

मंगलबारसम्म कोरोना संक्रमितको संख्या १२८ रहेको भारतमा थप ९ जनामा संक्रमण देखिएको हो। कोरोनाका कारण भारतमा हालसम्म तीन जनाको मृत्यु भएको छ।

पश्चिम बंगालमा पहिलो बिरामी
भारतको पश्चिम बंगालमा कोरोना भाइरसको पहिलो बिरामी फेला परेको छ। आला स्वास्थ्य अधिकारीका अनुसार कोलकत्तामा १८ वर्षको एक युवामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। ती युवा बेलायतबाट हालैमात्र भारत आएको थिए।

उनको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य विभागले जनाएको छ। पहिलो बिरामीको मृत्यु दिल्लीमा भएको थियो भने त्यसपछि कर्नाटक र मुम्बइमा भएको हो।

एयर इन्डियाको उडान स्थगित
एयर इन्डियाले मंगलबारदेखि सम्पूर्ण उडान स्थगित गरेको छ। एयर इन्डियाले मंगलबार १९ मार्चदेखि ३१ मार्चसम्मका युरोप र बेलायतका सबै उडान निलम्बन गरेको हो।

उसले इयुका सबै देशमा उडान बन्द गर्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

७१ रेल रद्द
कोरोना भाइरसको त्रासका कारण मंगलबार बेलुकासम्म ७१ वटा रेल सेवा रद्द भएको छ। मुम्बइमा ३१ मार्चसम्म सबै डान्सबार, पब र अन्य भेला हुने कार्यक्रमहरु बन्द गरिएको राज्य सरकारले जनाएको छ।

मुख्यमन्त्री उद्धव ठाकरेले मुम्बइमा सार्वजनिक यातायात भने चालु रहेने बताए। उनले सरकारी कार्यालयहरु पनि खुला रहने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्