बजारमा सात रुपैयाँमै मास्क उपलब्ध गराईने : चेम्बर अध्यक्ष श्रेष्ठ




बजारमा देखिएको मास्क अभाव आइतबारदेखि सहज रुपमा उपलब्ध गराईने व्यवस्था नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।

नुवाकोट चेम्बर अफ कमर्शको आयोजनामा भएको कार्यक्रममा नोवेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि उद्योगीले नै मूल्य अभिवृद्धि कर (भ्याट) व्यहोर्ने गरी बजारमा सात रुपैयाँमै मास्क उपलब्ध गराईने अध्यक्ष श्रेष्ठले बताए । बजारमा मास्कको अभाव भइरहेको बेला चेम्बरको पहलमा दैनिक १५ हजार वटा मास्क उत्पादन सुरु भएको र गुणस्तरीय अहिले सर्जिकल मास्क आईतबारदेखि मात्र बजारमा पठाउने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए । गत हप्तामात्र मास्क उत्पादन सुरु गरेको भएतापनि आवश्यक सामग्रीको अभावको कारण गुणस्तरीय मास्क उत्पादन गर्न नसकेको जानकारी अध्यक्ष श्रेष्ठले दिए ।

दैनिक १५ हजारका दरले उत्पादन भइरहेको मास्क सबै होलसेल पसल र जिल्ला जिल्लाका चेम्बर कार्यालयमा र्पुयाएर वितरण गर्ने तयारी भइरहेको पनि श्रेष्ठले बताए । हर्बल स्यानिटाइजरको उत्पादनको परीक्षण भइरहेको हुनाले केहि सातामै बजारमा पठाईने बताए । देशभरीका महिला चेम्बरहरुको आर्थिक विकासका कार्यक्रमहरु आगामी दिनहरुमा ल्याउने बताए ।

कार्यक्रममा उद्योगीहरुको छाता संगठनको रुपमा रहेको पहिलोपटक पालिकास्तरीय नुवाकोट चेम्बर अफ कमर्शको ककनी संयोजकको रुपमा दिपेश रुम्बा तामाङलाई मनोनयन गरेको छ । नमुनाको रुपमा बनाईएको मास्क नुवाकोट चेम्बर अफ कमर्शका अध्यक्ष कविन्द्रमान प्रधानलाई अध्यक्ष श्रेष्ठले हस्तान्तरणग गरेको छ ।                                                                                                                                                                                                 फोटो : शुनिल श्रेष्ठ 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्