कोरोनाको महामारी, इटालीमा एकै दिन ४७५ जनाको मृत्यु



काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको हालको इपिसेन्टर इटालीमा अवस्था अति भयावह बनेको छ । कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ ।

इटालीमा बुधबार एकै दिन ४७५ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या झण्डै तीन हजार पुगेको छ ।

इटालीमा अहिलेसम्म ३५ हजार ७१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चार हजार भन्दा बढी मानिस निको भएका छन् । इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । सो क्षेत्रमा एकै दिन ३१९ जनाको मृत्यु भएको हो ।

गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस देखिएको चीनपछि सबैभन्दा बढी प्रभावित भएको देश हो इटाली । अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा ८ हजार ७५८ जनाको मृत्यु भएकोमा अधिकांश चीनका छन् ।

अहिलेसम्म दुई लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चीनसहितका एसियाली क्षेत्र र युरोपमा ८० प्रतिशत संक्रमित छन् ।

कोरोनाको संक्रमण बिस्तार हुन निदनका लागि विश्वका विभिन्न देशले कडा प्रयास गरेका छन् । सामाजिक दूरी कायम गर्ने, सार्वजनिक कार्यक्रमहरु रद्द गर्ने तथा हिँडडुलमा प्रतिबन्ध लगाउनेसहितका नियम लागु भएका छन् ।

इटाली विगत दुई हप्ता भन्दा बढी समयदेखि लक डाउनको अवस्थामा छ । तर विश्व स्वास्थ्य संगठनका प्रमुखले बुधबार कोरोनाको संक्रमण रोक्नका लागि देशहरु आइसोलेसनमा जानु पर्ने, परीक्षण र उपचारको व्यवस्था हुनु पर्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्