कोरोना भाइरसः अमेरिका र क्यानडाबीच नाका बन्द गर्ने सहमति



काठमाडौं । अमेरिका र क्यानडाबीच सीमानाका बन्द गर्ने सहमति भएको छ।अमेरिकाका राष्ट्रपति तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बढ्दो कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै दुई देशको सीमानाका बन्द गर्ने सहमति भएको हो।अत्यावश्यक बाहेकका अवस्थाका लागि उनीहरूले सीमानाका बन्द गर्ने सहमति गरेका हुन्।

आपसी सहमतिमा हामीले अस्थायीरुपमा उत्तरी नाका बन्द गर्दैछौुं, ट्रम्पले भने।बुधबारको छलफलपछि दुबै देशले नाका बन्द गर्ने सहमति गरेका हुन्।यो सहमतिले दुबै देशबीचको व्यापारलाई भने कुनै असर नगर्ने बताइएको छ।

क्यानडाको ७५ प्रतिशत निर्यात व्यापार अमेरिकासँग रहेको छ। दुबैदेशबीच प्रतिदिन २ विलियन अमेरिकी डलर बराबरको सामान ओसारपसार हुने गरेको छ भने दैनिक २ लाख मानिसहरूको आवतजावत हुनेगर्छ।

मार्चयता दुवै देशमा कोरोनाभाइरसको संक्रमण बढिरहेकोछ।अमेरिकामा हालसम्म यसका ८ हजार संक्रमण पुष्टि भएका छन् भने १३८ जनाको ज्यान गइसकेको छ। यसैगरी क्यानडामा ५९८ जनालाई यसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भइसकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्