हङकङमा कोरोनाबाट सङ्क्रमित पहिलो कुकुरको मृ-त्यु



काठमाण्डौ । हङकङमा कोरोना भाइरस ९कोभिड–१९० बाट सङ्क्रमित पहिलो कुकुरको मृत्यु भएको छ ।गएको महिना परीक्षण गर्दा पोजेटिभ र यही महिना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि कुकुरलाई अस्पतालले छुट्टी दिएको थियो ।

अस्पतालले कोरोनाको सङ्क्रमणबाट मुक्त घोषणा गरेर घर पठाएपछि कुकुरको मृत्यु भएको हो । १७ वर्षको पोमेरेनियन प्रजातिको कुकरकी मालिकलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको थियो ।

कुकुरमा सङ्क्रमण देखिएपछि सरकारले छुट्टै केन्द्रमा राखेको थियो र एक हप्तापछि उसलाई घर पठाइएको थियो ।

साउथ चाइना मर्निङ्ग पोस्टका अनुसार हङकङ कृषि, मत्स्यपालन तथा संरक्षण विभागका प्रवक्ताले भने, ‘कुकुरकी मालिकमार्फत विभागले गएको १६ मार्चमा कुकुरको मृत्यु भएको थाहा पाएको थियो । कुकुरकी मालिकले मृत्युको कारण थाहा पाउनका लागि पोस्टमार्टम गर्न मानिरहेकी थिइनन् ।’

कुकुरकी मालिक गएको फेब्रुअरी महिनाको अन्त्यतिर कोरोना सङ्क्रमित भएको पाइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्