उर्जा र पर्यावरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जारी



सैघाली खबर
काठकाडौं,७ मंसिर


नेपालमा पहिलोपटक भविष्यलाई ऊर्जा, सामग्री, प्रविधि र पर्यावरणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हिजोदेखि सुरु भएको छ । मित्रकुञ्ज नेपाल, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट), रुसी सांस्कृतिक तथा विज्ञान केन्द्र र इन टेह डोर्न रसियाको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन बिहीबार सम्म चल्नेछ ।

सम्मेलनको उद्घाटन गर्दै नाष्टका उपकुल पति प्रा डा जीवराज पोखरेलले विकसित मुलकले अल्पविकसित मुलुकमा ऊर्जा र विज्ञानका क्षेत्रमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्व मन्त्री गणेश साहले कार्बन कम उत्सर्जिन कम गर्ने एवम् वातावरणमैत्री नवीकरणीय ऊर्जा प्रविधि आजको आवश्यकता भएको उल्लेख गर्दै नेपाल र रसियाका वैज्ञानिकले संयुक्तरुपमा काम गरी सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा नेपालका लागि रसियाली राजदूत आन्द्रेई बुधानिक, रसियन सांस्कृतिक तथा विज्ञान केन्द्रका निर्देशक स्तानिस्लाभ सिमाकोभ र इन टेह डोर्नका अध्यक्ष युरी इभानोभिचले पनि शुभकामना दिनुभएको थियो ।

सम्मेलनमा रसिया र बेलारुसबाट आएका १५ जना तथा नेपालका तर्फबाट छ जना विज्ञले प्रस्तुत गर्नुहुने कार्यपत्रमाथि छलफल हुनेछ । नेपालका तर्फबाट सम्मेलनमा विभिन्न मन्त्रालय, विभाग, परामर्श दातृ संस्था गरी करिब १०० जनाको सहभागिता छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्