प्रधानमन्त्रीका लागी एक्ला उम्मेदवारमा देउवा



२१ जेठ ।
बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री पदका लागि नेपाली काँग्रेसका सभापति को मात्र उम्मेदवारी दर्ता भएको छ । संसद् सचिवालयले मनोनयन दर्ताका लागि प्रकाशन गरेको कार्यतालिकाको समयसीमाभित्र काँग्रेस र नेकपा माओवादी केन्द्रको पूर्व समझदारीअनुसार देउवाको मात्र उम्मेदवारी दर्ता गरेका हुन् । प्रमुख विपक्षी दल नेकपा एमालेबाट वामदेव गौतमले उम्मेदवारी दिने चर्चा भए पनि उम्मेदवारी भने परेन । देउवाको उम्मेदवारको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ ।

Deuba

मनोनयनको समर्थकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका कुमार खड्का र नेकपा संयुक्तका जयदेव जोशी थिए । प्रधानमन्त्रीका लागि आज व्यवस्थापिका संसदमा मतदान हुँदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्