आज देखि २१ गतेसम्म शेयर कारोबार बन्द



काठमाण्डौ । आज आइतबार देखि शेयर कारोबार बन्द भएको छ । सेयर कारोबार अत्यावश्यक सेवा भित्र नपरेपछि बन्द गरीएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै ९ गतेबाट २१ गते सम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने घोषणा गरेसँगै आज आइतबारदेखि सेयर कारोबार बन्द भएको हो । यस अघि बिहीवार पाँच लगानिकर्ता संघ हरुले चैत महिना भरी शेयर बजार बन्द गराउन माग गर्दै बोर्डमा ग्यापनपत्र बुझायका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्