हिरा लुटपाट गर्ने पत्रकार र असईसहित ४ प-क्राउ




काठमाण्डौँ, चैत्र १०
हिरा लुट्ने अपराधमा संलग्न हुने एक प्रहरी असई र पत्रकारसहित ४ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय(२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका(१ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् ।

मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आईतबार साँझ हिरा लुटपाट गरेका थिए । लुटिएको खबरपछि खटिएको ईलाका प्रहरी कार्यालय पालुङको टोलिले उनीहरूलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा बताइएको छ । प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर २ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूलाई चोरी तथा डाका मुद्धा अन्तरगत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्