सरकारले गरेको लक डाउन सकारात्मक : निर्णय पालना गर्न कांग्रेसको अनुरोध



काठमाण्डौँ, चैत्र ११

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले एक हप्ताको लागि देशभर लक डाउन गर्ने निर्णय सकारात्मक भएको कांग्रेसले जनाएको छ । कांग्रेसको केन्द्रिय कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा सरकारको यो निर्णयलाई पूर्ण रुपले पालन गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई नेपाली कांग्रेस संसदीय दलले अनुरोध गरेको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ ः नेपाली कांग्रेस संसदीय दलले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यज्यूहरुको १५ दिनको पारिश्रमिक (तलब) बराबरको रकम दिने निर्णय गर्दछ ।

लक डाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकहरुलाई सहजरुप खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल सकारसँग आग्रह गर्दछौं ।

अन्तमा यस विषम परिस्थितिमा सम्पूर्ण नेपालीहरु एक जुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न हार्दिक अपिल गर्दछौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्