प्रतिनिधिसभा बैठक आगामी २३ गते सम्मका लागि स्थगित



कोरोनाभाइरस सन्त्रासपछिको लकडाउनका कारण प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित भएको छ ।

संघीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले बुधबार सूचना जारी गर्दै यसअघि चैत १३ गतेलाई बोलाइएको बैठक २३ गते बस्नेगरी स्थगित गरिएको जनाएका हुन् ।

सरकारले देशभर अत्यावाश्यक सेवा वाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएकाले प्रतिनिधि सभा नियामावली २०७५को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक चेत २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्