नेपालमा कोरोनाभाइरस संक्रमित संङख्या तीन पुग्यो



काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै तीन जनामा संक्रमण देखिएको छ । राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको संख्या ३ उल्लेख गरेको छ । उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे । एक जना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन् । फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना देखिएपछि उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्