सिरहामा लकडाउनको दोस्रो दिन मुख्य बजारहरु सुनसान



महेश सिंह ,सिरहा /१२ चैत
सिरहाको लहान बजार गोलबजार चोहर्वा , मिर्चैया लगातका मुख्य बजारहरु करोना भाईरसको त्रासले सिरहा ,सप्तरी ,धनुषा ,महोत्तरी उदयपुर लगायत नेपालको सम्पुर्ण जिल्लामा नेपाल सरकारले सोमबार देखि लकडाउनको घोषणा गरे संगै थप संक्रमणको प्रभावकारी रोकथा तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्ला भरी प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम निषधाज्ञा जारी गरिएको आज दोस्रो दिन सिरहाका लहान लगायत अन्य मुख्य बजारहरु पनि सुनसान तथा ठप्प भएको छ । आज पनि यहाँका सम्पूर्ण पसलहरु बन्द छन भने सवारी साधन पनि पूर्ण रुपले ठप्प छन् ।

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण रुपमा पालन गर्न सबैसँग आग्रह गरेका छन् । सरकारको आदेश उल्लंघन गर्नेलाई एक महिनाको कैद सजायसमेत हुन सक्ने बताएका छ्न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्