नमूना लिएर जान कोही मान्दैनन्, आफै नमूना लिएर काठमाडौं जाँदै प्रतिष्ठानकी उपकुलपति



राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जापानबाट आएका एक र भारतको गोलगाउँबाट आएका अर्का एकसहित पाँच जनाको उपचार भइरहेको जानकारी दिइन्।

नयाँ आएका थप दुई जनाको स्वाबको नमूना बुधबार संकलन गरिएको उनले बताइन्। संकलित नमूना बिहीबार काठमाडौं लैजाने तयारी गरिएको छ। ‘नमूना लिएर जान कोही मान्दैनन्। एम्बुलेन्स पनि मान्दैनन्। अरू केही व्यवस्था छैन,’ भण्डारीले भनिन्, ‘त्यसैले म आफैं भोलि बिहान नमूना लिएर काठमाडौं जाँदै छु।’

उनले प्रदेशमन्त्री सुदर्शन बराल, घोराहीका मेयर नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल लगायतलाई संकलित नमूना काठमाडौं पठाउने प्रबन्ध मिलाउन आग्रह गरे पनि कुनै उपाय नलागेपछि आफैं जान लागेको बताइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्