यस्तो छ देशभरको आजको मौसम , केही स्थानमा हल्का वर्षा



काठमाडौँ । देशभरका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य भू-भागका केही स्थानमा हल्का वर्षा भएकोछ।

शनिबार दिउँसो देशका पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ । राति भने देशभरको मौसम सामान्यतया सफा रहने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्