आजको मौसमः कस्तो रहला देशभर ?



काठमाडौँ । देशको पहाडी भूभागमा आइतबारको मौसममा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि देशभरको मौसम सामान्यतया सफा हुने देखिएको मौसमविदले बताएका छन् । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

अहिले बिहान देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली कायम रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्