दाङमा फोर्डको ‘ईकोस्पोर्ट गाडी’ लंञ्चीङ



सैघाली खबर
दाङ, ९   मंसिर   
फोर्ड गाडीका लागि नेपाली आधिकारिक विक्रेता जिओ अटोमोबाईल्स प्रालीले ईकोस्पोर्ट दाङमा ल्याएको छ ।

राप्ती अञ्चलका लागि आधिकारीक विक्रेताको रुपममा काम गर्दै आएको अटोमार्ट घोराहीले फोर्ड गाडीको पछिल्लो उत्पादन ईकोस्पोर्ट गाडी घोराहीमा लंचिङ गरेको छ ।

 

अटोमार्ट दाङले घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर गाडीको बारेमा जानकारी समेत दिएको हो ।

अटोमार्टका हिमप्रसाद श्रेष्ठको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य धु्रवराज श्रेष्ठ भारीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी फोर्डको ईकोस्पोर्ट गाडी दाङमा उद्घाटन गरीएको हो ।

कार्यक्रममा जिओ अटोमोबाईल्स प्रालीका प्रतिनिधि विजय थापाले गाडीको बारेमा जानकारी दिदै पुरानो ईकोस्पोर्ट गाडी भन्दा नयाँ गाडी सुविधा सम्पन्न, स्मार्ट, हलुका र पहिलेको तुलनामा सानो समेत रहेको बताउनुभयो ।

नया फोर्ड ईकोस्पोर्ट गाडी एक हजार ६ सय भन्दा बढि नयाँ पार्ट पुर्जाहरु राखेको बनाएको शक्तिशाली ईन्जिन भएको थापाको भनाई रहेको थियो ।

अहिले विश्वविख्यात बन्दै गैरहेको फोर्ड गाडीलाई अझै आधुनिक र राम्रो डिजाईनमा बनाईएको गाडी रहेको थापाले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य धु्रवराज श्रेष्ठ भारीले पछिल्लो समयमा मानिसहरुलाई सुविधा सम्पन्न गाडीहरुको खाचो रहेको भन्दै त्यो पुरा गर्न फोर्डले सहयोग गर्दै आएको र फोर्डका गाडीहरु पछिल्लो समय बजारको माग बढ्दै गैरहेको बताउनुभयो ।

दाङलाई सुन्दर र विकसित शहरको रुपमा विकास गर्नका लागि यस्ता पछिल्लो उत्पादनहरु बजारमा आउनु पर्ने भारीले बताउनुभयो ।

 

यस्तै कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले जिल्लामा एक पछि अर्को गर्दै विभिन्न कम्पनीका गाडीहरु भित्रिएकोमा खुशी ब्यक्त गर्दै ईकोस्पोर्टको नयाँ डिजाईनले बजार कायम गर्न सक्नेमा आफुले विस्वास लिएको बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियासनले जिल्लालाई स्मार्ट बनाउन, सुन्दर बनाउन र राजधानीको रुपमा विकास गर्नका लागि यस्ता गाडीहरु बजारमा आउनु पर्ने बताउनुभयो ।

जिल्लामा पछिल्लो ब्राण्डका गाडीहरु भित्रिएको आधारमा जिल्लाको विकासमो मापन समेत हुने गरेको भन्दै प्रियासनले यसले दाङलाई प्रादेशिक राजधानीको रुपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

फोर्ड गाडीका लागि राप्ती अञ्चलको आधिकारीक विक्रेता अटोमार्टका सञ्चालक विपिन श्रेष्ठले स्वागत गर्दै फोर्ड गाडीहरु दाङको बजारमा राम्रै चलेको र नयाँ ईकोस्पोर्ट गाडीको पनि माग रहेको जानकारी दिनुभएको थियो ।

फोर्ड कम्पनीले जिओ अटोमोबाईल्स प्राली मार्फत नेपाल भित्राएको नयाँ ईकोस्पोर्ट गाडी राप्ती अञ्चलको आधिकारीक विक्रेता घोराहीको अटोमार्टले दाङमा पहिले पटक ल्याएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्