कोरोनाविरुद्ध लड्न भारतिय क्रिकेटर रैनाद्वारा ५२ लाख भारु सहयोग



काठमाडौं ।कोरोना भाइरसको महामारीविरुद्ध लड्न भारतीय क्रिकेटर सुरेश रैनाले ५२ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

ब्याट्सम्यान रैनाले सामाजिक संजाल ट्वीटरबाट सरकारको राहत कोषमा ५२ लाख सहयोग गर्ने घोषणा गरेका हुन् । रैनाले ५२ लाख मध्ये ३१ लाख केन्द्र सरकारको कोष र २१ लाख उत्तर प्रदेशको कोषलाई दिने बताएका छन् ।

‘यो समय कोरोना भाइरसलाई हराउन मद्दत गर्ने समय हो । कोरोनाविरुद्धको लडाईंका लागि म ५२ लाख सहयोग गर्दैछु । तपार्इंहरु पनि सहयोग गर्नुहोस,’ भारतीय टिमका नियमित सदस्य रैनाले लेखेका छन् ।

३३ वर्षे ब्याट्सम्यान रैनाले भारतका लागि १८ टेष्ट, २ सय २६ एकदिवसीय र ७८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । कोरोनाका कारण भारत पनि प्रभावित भएको छ । भारतमा २१ जनाको मृत्यु भइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्