सरकार दम छ भने १ महिनाकाे लागि सबै चिज फ्रि भनेर घाेषणा गर !!!

शूल्क लिएर काम गर्ने स्कुल, बैंक र घरधनि मात्र छन यो देशमा ?


यहाँ यस्तो नि बुबाआमा छन, छोरा छोरी को चैत महिनाको फि तिर्न नपरोस फ्री गरोस सरकारले तर आफ्नो Job Private होस या सरकारी तलब भरी आइराखोस। अनि तिम्रो घर खर्च चलाउन पैसा चाहिन्छ भने पढाउने शिक्षक शिक्षिकाले घर चलाउन पर्दैन??? स्कुल फि नलिएर टिचरहरुलाई तलव के दिने हाे ? टिचरहरुकाे लकडाउनमा घरखर्च कसरी चल्छ? यदि तलब टिचरको रोकिन्छ भने अरु सबै नि घर बसेका छन काम नगरेर , सबैको एक महिना को रोकेर देखा अनि कसैले कसैलाई तिर्नु पर्दैन। एकतर्फि र अवैज्ञानिक निर्णय गर्न सरकार किन खुसि भैरहेकाे छ ??

यस्तो बेलामा ईन्टरनेट फ्रि खै ? एनसेल र नमस्ते फ्रि खै? Private लगानिका के स्कुल, बैक र घरधनी का घर मात्र हुन? टेलिफोन जस्तो चिज बोनसको नाउमा १ रुपैया सट्टा २ रुपैया को रेसियोमा पैसा काट्ने? पत्रपत्रिका जस्तो देशको चौथो अङ्ग फ्रि खै ? बार्षिक ग्राहकलाई कति महिना पत्रीका फ्री भयो? खाद्यान्नहरु फ्रि खै ? हस्पिटलमा सामान्य औषधिहरु र डक्टर फ्रि खै? एक रुपिया डिस्काउन्ट नगर्ने औषधी पसललाई निगरानी र यस्तो समयमा हेर्न लगाएको खै? विद्युत महशुल र खानेपानी महशुलहरु फ्रि खै ?

घरधनिले घरभाडा नलिएर अरुलाई तिर्ने वा बैंक ब्याज र किस्ता के ले तिर्ने हाे ? असार मसान्त मा तिरे पनि अहिले तिरे पनि उसलाई भरी तिर्न लगाउने अनि अरु चाहिँ के???कि घरबेटिको पैसा असाढ सम्म धेरै आउने ठाउँ देखाइदे सरकार? बरु सकिन्छ भने मिनाह गरिदिनुहोला भनेर भन्ने हो जबरजस्ती नलिने भन्दिने? भाडाको पैसाले घर चलेको घरबेटि नि देखेको छु मैले।

सरकारलाई दिएको चन्दा वा देशकाे ढुकुटिहरु पारदर्सी चल्ने भए यसरी कसैलाई काखा कसैलाई पाखा हुने थिएन!!!देशको ढुकुटी कसरी रित्ताउन लालाइत छौ तिमिहरु भन्ने कुराे त आजकाे नयापत्रिका र अन्नपुर्ण पाेष्टले देखाइसकेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्