रुकुम पश्चिमका १८ जना लमजुङमा अलपत्र



सुनिल बि.क, रुकुम पश्चिम – रुकुम पश्चिमका १८ जना नागरिकहरु लमजुङमा अलपत्र परेका छन । मजदुरी गर्न गएका जिल्लाको आठविसकोट नगरपालिका डाँडा गाउँ र घेत्माका १८ जना नागरिकहरु लम्जुङको दोर्डि गाउँपालिका वडा नम्बर ५ मा अलपत्र परेका हुन ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिट १९ को जोेखिमलाई मध्यनजर गरी सरकारले देशभरी लकडाउन गरेपछी उनिहरु घर आउन नपाएर त्यतै अलपत्र परेका छन ।

नगरपालिकाको वडा नम्बर ११, १३ र १४ घर भएका ति नागरिकहरु करिव २ महिना पहिले मजदुरी गर्न लमजुङ गएका थिए । लकडाउनमा परेपछी उनिहरुलाई खान वस्न लगायत घर आउन समस्या परेको छ ।

मजदुरी गरेको ज्याला समेत नपाएकाले आफुहरु सँग खान बस्नका लागी पैसा समेत नभएको वडा नम्बर १३ घेत्माका प्रकाश शाहीले टेलिफोनमा कुरा गर्दै दुखेसो गर्नुभयो । पैसा पनि नभएको र खान बस्नको ठेगाना नभएकाले आफुहरु अलपत्र परेको उहाँले बताउनुभयो ।

आफुहरुलाई उद्वार गर्न तथा घर सम्म आउने वातावरण मिलाउन उनिहरुले स्थानिय सरकार सँग आग्रह गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्