करोनाको जोखिममा अपाङ्गता भएका व्यक्तिहरू



विचार कलपना ढकाल – लेखक, अपाङ्ग महिला संघको सदस्य साथै अपाङ्गता अधिकार कर्मी हुन् ।

अहिले बिश्वमा कोरोना भाईरस माकुराको जालो झैं बनेर फैलिरहेको छ । कोरोना भाइरस एउटा निर्जिब भाइरस हो । यसको समाधान कसरी हुन्छ ? भन्ने कुरामा संसारका बैज्ञानिकहरु पनि अन्यौलमा छन् । चीनको हुवान शहरबाट शुरु भएको यो भाइरसले आज बिश्वका १९९ देशमा आफ्नो अभद्र नाच देखाई सकेको छ ।

आजको दिन सम्म आईपुग्दा विश्वमा यसकोे संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ हजार भन्दा माथि पुगिसकेको छ । अहिले सम्म विश्वमा यसको संक्रमणको गति र मृत्यु हुनेकोे दर हेर्दा यसको समाधान सजिलै र छिट्टै हुने सम्भावना कम दुखिएको छ । भनिन्छ बिपत बाजा बजाएर आउदैन । जब आउछ, यसले कुनैपनि पक्षपात गर्दैन सबैलाई प्रभाबित बनाउछ । अहिलेको स्थितिमा विश्वका अति शतिmशाली मुलुकहरु चिन, अमेरीका, इटाली, स्पेन जस्ता देशहरुलाई पनि कोरोनाको संक्रमणले त्रसित बनाएको छ ।

विश्व स्वास्थ्य संगठनले यो भाईरसले विश्वभर महामारी फैलाएको बताएको छ । यसकारण पनि यो भाईरसले सबैलाई त्रसित बनाएको छ । ईतिहास हेर्ने हो भने, विश्वमा भएका बिनाशहरुमा सबैभन्दा बढि अपाङ्गता भएका व्यक्ति बालबालिका, महिला र वृद्धवृद्धा जोखिममा परेका छन् । अझ विशेषतः अपाङ्गता भएका व्यक्तिहरु बढि जोखिममा पर्न सक्छन् । एकातिर शारिरिक अवस्था अर्कोतिर मानसिक अबस्थाका कारण पनि अपाङ्गता भएका व्यक्तिहरु प्रति राज्य र सरोकारवालाहरुको ध्यान जानु आवश्यक छ ।

माहामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको अहिलेको अवस्थाले सबैलाई त्रसित बनाएको छ । त्यसमा पनि अपाङ्गता भएका व्यक्तिको अबस्था अझ कहिले लाग्दोछ । यसतर्फ राज्य सवेदनशिल हुन अति आवश्यक छ । किनकि यो निकै संबेदनशिल र मनन योग्य विषय हो । अपाङ्गताको क्षेत्रमा काम गर्ने केही संघ सस्थाहरुले सामाजिक संजालहरुमा थोरै भएपनि अपाङ्गता भएका व्यतिmहरुको कुरा उठान गरेको देखिएको छ तर यो पर्याप्त छैन् । यसका लागि राज्यको ध्यान जानु आवश्यक छ । देशको आपतकालिन अबस्थामा कोरोनाको शंकट टार्न सरकार पक्षबाट हाल जहँ छौ त्यही बस, सामाजिक दुरी कायम गर, सरसफाईमा ध्यान पुर्याउना भनिरहेको छ । यो सकारात्मक पक्ष हो तर यो कार्य सबै अपाङ्गता भएका व्यक्तिका लागि एक्लै गर्न कठिन छ । यो भन्दै गर्दा उनिहरु संक्रमणबाट सुरक्षित रहनु पर्दैन भन्ने आशय पक्कै होईन ।

संसारलाई आपत परेको बेला नेपालमा पनि आपतकालिन अबस्थालाई मध्यनजर गर्दै संक्रमण भएकालाई उपचार र निगरानिमा राख्नका लागि आईसुलेसन, क्वारेन्टिन निर्माण गर्दा कसरी गरिएको छ ? यो अपाङ्गता मैत्री छ कि छैन् ? यस तर्फ सबैको ध्यान जानु आवश्यक छ । कोरोना भाईरसका कारण विश्व आतङ्कीत भईरहेको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु पनि पक्कै प्रभाबित भएका होलान ? तर यसको लेखाजोखा भएको देखिदैन् । विश्वमा दिन प्रतिदिन हजारौंको संख्यामा मानिसहरुको मृत्यु भईरहेको छ । नेपालमा कथनकदाचित कोरोनाको महामारी फैलियो भने अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी सुरक्षित गर्ने भन्ने अहिलेको चिन्ताको विषय बन्नुपर्दछ । हुन त अपाङ्गताको संबेदनशिलतामा जानकार रहेको विश्व स्वास्थ्य संगठनले ध्यान दिएको होला नै ? यसतर्फ नेपाल सरकार पनि सचेत होला ? यसतर्फ सबै सरोकारवालाहरुको ध्यान जान अति आवश्यकछ ।

अपाङ्गता भएका व्यत्तिहरुका लागि सपाङ्गता भएका व्यक्तिहरुको तुलनामा आफैमा कठिन छ । यसकारण अपाङ्गता भएका व्यक्तिहरुको सुरक्षाका लागि बिशेष योजना र तयारी गर्न आवश्यक छ । अपाङ्गता भएका व्यक्तिहरु पनि यसतर्फ सचेत हुन आवश्यक छ । रोग लुकाउने, डराउने र लजाउने भन्दा पनि समयमै सहि सूचना प्रवाह गरी आफु सुरक्षित बसिं अरुलाई पनि सुरक्षित रहनका लागि भुमिका निर्वाह गर्न आवश्यक छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्