सांसद चाैधरीको राहत कोषमा ३ लाख बढी रकम जम्मा



ओमप्रकाश गुप्ता, सिसहनियाँ- कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनका कारण कनैपनि नागरिक भोकले मर्न नपरोस भन्दै प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले स्थापना गरेको राहत कोषमा हाल सम्म ३ लाख ६७ हजार ६ सय रूपयाँ जम्मा भएको छ ।

जसमा लमहीका अजमल तुल्ला सिद्धकी, हाल घाेराही काेइलाबास निवासी माेहमद याकुब र कोइलाबासका अब्दुल खालिक सिद्दकीबाट ३ लाख बराबरकाे जिन्सी सामाग्री, तुलसीपुरका काठमाडौं फाइन्ड अल नेपाल प्रालिका प्रबन्ध निर्देशक अाकाश चाैधरी र कानुनी सल्लाहकार अनिल अाचार्यबाट २५ हजार नगद,गढवा गाउँपालिका वडा नम्बर १ कालाकाँटे निवासी बाबुराम अधिकारीबाट १२ हजार ५ सय,फाइन्ड अल नेपाल प्रालिबाट २५ हजार र गढवा गाउँपालिका ५ मधपुर हाल साउदी अरबबाट खड्गा वलीबाट ५ हजार १ सय रूपैयाँ प्राप्त भएको प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले जानकारी दिएका छन् ।

यता जनता मावि कालाकाटेका प्रअ मुक्तिप्रसाद शर्माले सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्