जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस ।।



jatiya xuwaxut

जेष्ठ, २१,

आज जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरेर मनाईदैछ । २०६३ साल जेष्ठ २१ गते जनआन्दोलन पछिको पुनस्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसपछि २०६८ साल जेष्ठ १० गते जातिय भेदभाव तथा छुवाछुत (कसूर र सजाँय) विधेयक पारीत भइ जेठ १९ मा राष्ट्रपतिबाट प्रमाणिकरण भएर लागु भएको थियो । यसअघि अन्तरिम संविधानमा सार्वजनिक ठाउँमा विभेद गर्न नपाइने भनिएकामा २०७२ सालमा आएको नयाँ संविधानमा सार्वजनिक र नीजि कुनैपनि ठाउँमा जातकै आधारमा कुनैपनि व्यक्तिलाई विभेद गर्न नपाईने र त्यस्तो गरेको पाइएमा कडा कार्वाही हुने भनिएको छ । दिवसको अवसरमा आज साढे १ बजे राष्ट्रिय दलित आयोग र दलितका क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरुको समन्वयमा छलफल गोष्ठीको आयोजना गरिएको राष्ट्रिय दलित आयोगका सदस्य मन्जित ताम्राकारले जानाकारी दिनुभयो । राष्ट्रिय दलित समाज कल्याण संघ बखुन्डोलमा हुने छलफल कार्यक्रममा राष्ट्रिय दलित आयोग, दलित अधिकारकर्मी, दलितका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका पूतिनीधि लगाएतको सहभागिता रहने जनाइएको छ । दिवसका अवसरमा सरकारी तहमा भने विभिन्न जिल्लामा कार्यक्रम भइरहेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्