चीनमा डढेलो निभाउने क्रममा १९ को मृ-त्यु




चीनको दक्षिणपश्चिम क्षेत्रस्थित जंगलमा लागेको डढेलो निभाउने क्रममा १९ जनाको मृत्यु भएको छ । तीमध्ये १८ जना अग्निनियन्त्रक र एकजना वन रक्षक भएको बताइएको छ । स्थानीय टेलिभिजनले समेत आगलागीको भिडिओ सार्वजनिक गरेको छ । सिचुआन प्रान्तको छिचांग सहरनजिकैको पहाडमा डढेलो लागेको हो ।

सथानीय टेलिभिजनले देखाएका भिडिओमा पहाडमाथिको आकासको रंग नै पहेँलो देखिएको छ । यहाँको आगलागीबाट उत्पन्न वायु प्रदुषणले कम्तिमा ७ लाख मानिसलाई असर पुग्ने बताइन्छ ।

आगो निभाउन १ सय ४० वटा अग्नि नियन्त्रक उपकरण, चार हेलिकप्टर र झण्डै ९ सय जना अग्निनियन्त्रक खटिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । जम्मा गरी २ हजार भन्दा धेरै आपतकालिन कामदार उद्धारमा खटिएका छन् । आगलागीका कारण १ हजार २ सय भन्दा धेरै स्थानीयलाई विस्थापित गरिएको छ । गत अप्रिलमा यस्तै प्रकृतिको आगो निभाउने क्रममा २७ अग्नि नियन्त्रकको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्