वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाकाे संक्रमण नभएको पुष्टि



काठमाण्डौँ, चैत्र १८
सोमबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ। परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा लगिएको उनको स्वावको रिपोर्ट आएको वीर अस्पतालले जनाएको छ।

चन्द्रागिरी नगपालिका १५ की ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो। तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्