सैघाली खबर,
रोल्पा, १० मंसिर । निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गर्नुभएको छ ।
सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का नेता वर्षमान पुनले पनि मतदान गर्नुभयो । संमृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचनमा मतदान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको पुनले संक्षिप्त प्रतिक्रिया दिनुभयो । रोल्पा नगरपालिका–१ तारा मावि वामरुक मतदानमा नामावली रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने मतदानमा उपस्थित हुनुभएन । चुनावी प्रचार प्रसारका क्रममा दाङमा रहेका कारण महरा मतदानमा उपस्थित नभएको बताइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।