आज वर्षा र हिमपातको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान



काठमाडौं । मंगलबारबाट देशमा पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी पहाडी, मध्य तथा पूर्वका पहाडी भू(भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :

चैत्र १९ गते बुधबार

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू(भागका एकरदुई स्थानमा र मध्य र पूर्वका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।  हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी भू(भागमा आँशिक बदली रही पहाडी भू(भागका एकरदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र २० गते बिहीबार

दिउँसोः देशका पहाडी भू(भागमा आँशिक बदली रही पहाडी भू(भागमा अपरान्ह पछि एकरदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी भू(भागमा आँशिक बदली रही पहाडी भू(भागका एकरदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र २१ गते शुक्रबार

दिउँसोः देशका पुर्व र मध्यका पहाडी भू(भागमा आँशिक बदली रही बाँकि भू(भागमा सामान्यतया मौसम सफा रहने देखिन्छ ।

रातीः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्