राष्ट्रिय मदरसा संघ नेपाल को अग्रह पत्र



शहबाज खान, कपिलवस्तु
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस लाई रोक्नको लागि सबै भन्दा पहिला समाजमा जनचेतना फैलाउनु पर्ने र भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन निम्ती जनतालाई सचेत गराउनमा कृष्णनगर मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल ले निरन्तरताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आइ रहेको छ।

त्यसै क्रममा बुद्धवार का दिन राष्ट्रिय मदरसा संघ नेपाल ले नेपाल सरकार ले कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन को लागि दिएको निर्देश को पालन गर्दै समाजिक दूर कायम गरि आपातकालीन बैठक बसि नेपाली जनता र विदेश बाट आएर नेपाल भित्र रहेका विदेशी पाहुनाहरु लाई कोरोना भाइरस बाट आफू बचना र अरु लाई बचाउन को निम्ति सचेत गराउदै संघले एउटा अग्रह पत्र समेत जारि गरेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले बताएका छन।

कोरोना भाइरस ले गर्दा विश्वभरी मा नै संकटकाल घोषणा रहेको सबै मा अवगत नै रहेको छ। र निरन्तर केही दिन देखि छिमेकी मित्र राष्ट्र भारत पनि कोरोना भाईरस बाट जूझी रहेको छ। भारत मा अहिले को अवस्था हेर्दा संक्रमित मान्छेको संख्या बढदै गई रहेको छ।अब नेपाल देश लाई उक्त घातक भाइरस बाट बचाउनको लागि नेपाल सरकार ले दिएको निर्देशनको पालना गर्दै आ आफ्नो घर मा बसि नमाज,पबित्र पुस्तक कुरान पढौ र नेपाली जनता लाई बचाउन को लाई भगवान संग प्रार्थना गर्दै गरिब असहाय ज्यालादारी गरि आफ्नो जीवन यापन गर्दै आएका मजदूर वर्ग हरु लाई भोकै बस्ना न देव आ आफ्नो स्तर बाट सहयोग गरि वहा हरु को पेट भर्ने काममा लागौ र आफ्नो आफ्नो गाऊ टोल छर छिमेकी मा कोई व्यक्ति विदेश बाट आउदा सिमा नाका मा कोरोना भाइरस सम्बन्धि बिना चेक जाच गराई लुकी छिपी आएको छ भने तुरन्त नजिका को प्रहरी कार्यलय व स्वास्थ्य कार्यलयमा जानकारी गराई उक्त व्यक्ति लाई चेक जाच गराऊनको लागि सुझाव सल्लाह समेत दिएर सभ्य नागरिक को पहिचान दिने काम गरौ।

विदेश बाट आएका मुस्लिम धर्म जमात का पहुना हरु मस्जिद मदरसाहरु मा रुकी भिडभाड गर्ने खाल को कार्यक्रम हरु न गरौ अहिले नेपाल सरकार ले दिएको निर्देशनको पालना गरि देश लाइ घातक भाइरस बाट बचाउने अवस्था रहेको छ। जमात का मान्छे हरु आफ्नो देश फिर्ता जान को लागि नाजिक रहेको प्रहरी कार्यलय मा सम्पर्क गरि वहा बाट प्राप्त निर्देशन को पालनगरी देश लाई जोगाउन मा सहयोग गरि दिनका को लागि समेत अग्रह पत्र मा उल्लेखित रहेको छ।

उक्त बैठक मा नेकपा निकट नेपाल मुस्लिम संगठन का अध्यक्ष र नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारुकी, ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेकपा का कृष्णनगर नगरपालिका समिती प्रमुख जावेद आलम, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मोहम्मद मक्सूद रांकी मुस्लिम संगठन नेपाल को उपस्थिती रहेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्