सैघाली खबर
सिराहा ,१० मंसिर
सिराहामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् । आज दिउँसो अज्ञात समुहले चलाएको गोली लागि जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।
गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ । प्रहरी यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।