उम्मेदवारलाई लक्षित गरि बम प्रहार




सैघाली खबर
दाङ ११ मंसीर दाङमा उमेद्वारलाई लक्षित गरि अज्ञात समुहले बम प्रहार गरेको छ । काग्रेसका प्रदेश सभा सदस्यका उमेद्वार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षित गरि बम प्रहार गरिएको छ । आज सोमबार दिउसो करिब सवा ४ बजे क्षेत्र नम्बर २ प्रदेश २ का उमेद्वार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षित गरि बम प्रहार गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटबाट घोराही मुकाम फर्कने क्रममा न्यौपाने चढेको गाडीलाई तुलसिपुर उपमहानरपालिका १८ संक्राममा बम प्रहार भएको न्यौपानेको छोरा प्रचण्डदेव न्यौपानेले जानकारी दिनुभयो । गाडी भन्दा केही दुरी अगाडी बम विष्फोट भएको थियो । बम प्रहारबाट कुनै क्षति भने नभएको बताईएको छ । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा चन्दले उम्मेदवारलाई लक्षित पठ्काएको बम नभएको दावी गर्नु भएको छ । चन्दले अज्ञात समुहले उम्मेदवारलाई तर्साउन ठुलो पट्का पठ्काएको वताउनु भएको हो । घटनामा समलग्नहरुको खोजी कार्य भैरहेको जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्