सहि सुचना प्रवाह सबैको दायित्व



– कल्पना ढकाल, अपाङ्गमहिला संघ रुपन्देही
नेपाल अपाङ्ग महिला संघमा आबद्घ हुन्

हामी मानव जाति एक अर्का संग सम्बन्धित रहेर आपसी मानवियता भावनाको आदान प्रदाननगरी बाच्न नसक्ने कुरा जगत जाहेर छ ।
एक अर्काको भावनात्मक कुरा साटासाट गर्दा मानविय गतिविधी संगै जीबन यापन गर्दा मनुष्यलाई सहजताको अनुभुति हुने भएकोले यसलाई नजिक वाट अनुभुति गर्न सक्छौ । घर पविार,समाज र राज्यमा भईरहेका गतिविधी जस्तै शिक्षा,स्वास्थ्य,आर्थिक,सामाजिक,राजनैतिक वा हरेक सूचनालिनु र दिनु व्यक्ति व्यक्ति लागि त्यत्तिकै महत्वपूर्ण विषय हो । यदि नागरिकले सूचना लिन चाहन्छ भने उसले जानकारी लिनपाउनु उसको अधिकार भएकोले हरेक नागरिकलाई सूचना बाट बन्चित गराईनु हुदैन । जानकारी सकेम्म लिखित नै हुनुपर्छ तर कतिपय अबस्थामा नागरिकले जस्तो रुपमा माग गरेको छ त्यसै गरीनै प्रदान गनु राज्यको दायित्व हो ।

सूचनाको हक सुईडेन बाट सुरु भएका हो भन्ने छ, अहिले हरेक राष्ट्रले संविधानमा सूचनाको हक सुश्चित गरेका छ । नेपालको सन्दर्भमा भन्नु पर्दा नेपालको संविधानको धारा २७ ले आफ्नो वा सार्बजनिक निकाएको सूचना माग्ने,पाउने,प्राप्त गर्ने र प्रवाह गर्ने भनी उल्लेख गरेको छ ।

सूचना वा जानकारी दिने अथवा प्रवाह गर्ने पक्षजति धेरै जिम्मेवार भयो त्यतिनै धेरै सहि सूचना प्राप्त गर्न सक्छन् अनित्यसको आधार मा नागरिकले अबसर पाएका हुन्छन् ।
हामिले प्राप्त गर्ने वा प्रवाह गर्ने जानकारी अथवा सूचना तत्थ्यमा आधारित रहेर यथार्थ र सत्य हुनु पर्छ ।

कतिपय गम्भिर खालका,प्रत्यक्ष असर पुर्याउने र खतरा हुने सूचना आबस्यकता बिना हामिले नपाईन पनि सक्छ त्यसका लागि हामि आफै पनि सचेत हुनु पर्छ ।
अहिलेको समयमा हेर्ने हो भने,विद्धुती बिकास संगै सबै त नभनु धेरैको हातमा मोबाईल । घरघरमा टेलिभिजन र गाउँमा एफएम रेडियो छ त कतै ती कुनै पनि माध्ययम नभएका स्थान पनि रहेका छन् ।

नेपालमा केही व्यतिmहरुमा सुचना पाउने कुनै पनि माध्य नभएका पनि समुदाय रहेको छ । जो सुचना र जानकारी लिन र दिन वाट धैरे टाडा रहेका छन् ।
माध्यमको सुबिधा भएका र उपकरण प्रयोग कर्ता हामी सबैले त्यसको सहि प्रयोग अनि सूचना लिने र दिने गर्नु पर्छ । हामि सबैले यो कुरामा सोच्नु समय आएको छ । समय परिवर्तन संगै देशमा विभिन्न खाले बिपत आउने गर्छ कुनै मानव श्रृजना र कुनै प्राकृति कारणले यस्ता विपत आउने गरेको छ ।

अहिले विश्व कोरोना १९ ले गर्दा पुरै मानव सभ्यता नै आँशुको सागरमा डुबेको छ । भन्नु पर्दा एसिया महादेश वाट शुरुवात भएको यो विपतले सम्पुर्ण राष्ट्रलाई तहस नहस पारेको छ ।

यति बेला कतिपय सामाजिक संजालमा प्रमाणिकरण हुनबाँकी रहेका सूचनाहरु तछाड मछाड गरेर पोस्ट गरेको देखिन्छ ।
त्यसरी पोष्ट गरिएका सूचना,समाचार वा जानकारी समय सान्दर्भिक छन् ?कतै हतार हतारमा आउने समाचारले नागरिकको मामानसिक र सामाजिक रुपले नकारात्मक असर पारेको छ ।
२०७२ बैशाख १२ गतेको भुकम्पले बिथोलेको लेपालीको मन पूर्णरुपले मलमलगाउननपाउदै फेरी कोरोनाको बिपतबाट नेपाल अछुतो हुन सकेन ।
यतिबेला देशमा लकडाउन छ,कोही पनि बाहिर निस्कने अबस्था छैन दैनिक जसो काम गरेर जिबिकोपार्जन गर्ने नागरीक भोकभोकै छटपटाई रहेका छन् ।
सहयोगि दाताहरुले आफ्नो गास जोगाएर बिभिन्न माध्यम बाट सहयोग गरिरहेका छन् ।

“शंका लाग्छ !”कतिपय कठिन परिस्थितीमा पनि देश चलाउन बसेका जिम्मेवार व्यक्तिले “दीनदुःखी”कालागि आएको मुखको गाँस अनि स्वास्थ्य जस्तो समबेदनशिल क्षेत्रमा प्रयोग हुने सामग्री मापनि आँखा लागाएको देख्दा ।

देशमाअहिले चलेको लकडाउन प्रकृया कहिले सम्महुन सक्छ यसै भन्न सकिने अबस्था छैन ।
यो बिसम परिस्थितिमाकुनै वर्ग,जातजाति,धर्म,लिङ्ग र समुदायको स्वार्थको लागि नभई प्रत्यक व्यक्ति व्यक्तिको स्वास्थ्य संग जोडीएको छ । एक जनाको सानो भन्दा सानो गल्तीको कारण संसार ध्वस्तहुने परिस्थितिआउन सक्छ ।

जो जहाँ छौं त्यही सुरक्षितबसौं एक मानवले अर्को मानवलाई सहयोग गरौं । जनता अब सचेत हुनु पर्छ सत्यतत्थ्यजानकारी लिने र दिने कुरामा सूचनाको हकलाई कार्यान्वयनगर्नु र गराउनु हामी सचेत नागरिकको दायित्वहो ।

जो यतिबेलादिउसो काम गरेर रातको जोगो गर्नेहरुको लागि राज्यले निस्वार्थ रुपमाभोको पेटको जिम्मेवार बन्नु पर्छ । भने यो बेला संचार माध्यमहरुले जसरी दिनरातनभनेर सूचना सम्प्रेसण गरिरहनु भएको छ त्यसलाई निरन्तरतादिदै ।

अझ बढि सहिसत्य सूचना तथा जानकारी जति सक्यो धेरै जनता सामु पुर्याउन कालागि एक हौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्