काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वी पहाडी क्षेत्रमा हुरीबतास चल्ने



काठमाण्डौँ, चैत्र २७
काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वी पहाडी क्षेत्रमा बिहीबार दिउँसाेपछि हुरीबतास चल्ने मौसमविद्ले बताएका छन् ।

मध्य र पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पनि पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि हावाहुरी चल्नु प्रिमनसुन अर्थात् मनसुनअघिको अवस्थाको विशेषता हो । यो बेलामा जाडो कम हुँदै गर्मी बढ्ने भएकाले हावाहुरी चल्ने गर्छ ।

बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ हावाहुरी र चट्याङ सहित पानी पर्नु प्रिमनसुनको विशेषता भएको मौसमविद् मानन्धरको भनाइ छ । उहाँका अनुसार आज काठमाण्डाै उपत्यकामा भने पानी पर्ने सम्भावना निकै कम छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्