इरानमा कोरोनाभाइरसको औषधी भन्दै विषालु अल्कोहल पिउदा ६ सय बढीको मृ-त्यु



इरानमा कोरोनाभाइरसको औषधी भन्दै विषालु अल्कोहल पिउदा ६ सय जना भन्दा बढीको ज्यान गएको छ । कोरोनाभाइरसको औषधी भन्दै प्रचार गरिएको रासायनका कारण धेरै मानिसको ज्यान गएको हो ।

विषालु अल्कोहलकै कारण ३ हजार भन्दा बढी मानिस बिरामी भएर अस्पतालमा भर्ना भएका छन् । डेलिमेलको रिपोर्टअनुसार इरान सरकारका एक प्रवक्ता घोलम हुसैनी इस्माइलीले ती नागरिकहरुले कोरोनाभाइरसको औषधी सम्झेर ‘नीट’ अल्कोहल पिएका कारण यस्तो भएका बताएका छन् । उनले विषालु अल्कोहलका कारण धेरै मानिसको मृत्यु भएको बताउदै भने अल्कोहल पिएर रोग ठिक हुँदैन बरु यो उल्टै प्राणघातक हुन सक्छ । उनका अनुसार यसमा संलग्न रहेकालाई पक्राउ गरिएको र उनीहरुविरुद्ध मुद्दा पनि चलाइने बताइको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्