सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन




काठमाण्डौँ, चैत्र २७
गृह मन्त्रालयले समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । उनी हालै मात्र भारतीय सीमा क्षेत्रमा नेपालीहरुलाई राखिएको क्वारेन्टाइन स्थल पुगेका थिए । त्यही कारण उनलाई क्वारेन्टाइनमा राख्न भनिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यादवलाई होम क्वारेन्टाइनमा राखिएको बताए । ‘उहाँसहित क्वारेन्टाइन स्थलमा पुगेका चारै जनालाई होम क्वारेन्टाइनमा राखेका छौं र उहाँहरु हाम्रो निगरानीमा हुनुहुन्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्