दाउन्नेदेवि क्याम्पसद्धारा ३० हजार सहयोग प्रदान




नवलपरासी पश्चिम , चैत्र २७
नवलपरासी । बर्दघाटमा रहेको दाउन्नेदेवि बहुमुखी क्याम्पसले बर्दघाट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु ३० हजार रुपैया सहयोग प्रदान गरेको छ । आज क्याम्पस सञ्चालक समितिका सदस्य डालाराज पाण्डेय र क्याम्पस प्रमुख नरेश खनालले बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याललाई ३० हजार बराबरको चेक हस्तान्तरण गर्नु भएको छ ।

कोरोना भाईरसको संक्रमणवाट बाच्नका लागी गरिएको लकडाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामजदुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने प्रमुख उद्देश्यले सहयोग रकम प्रदान गरिएको क्याम्पस प्रमुख नरेश खनालले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्