कडाइ बन्दै म्याग्दी बाग्लुङ नाका”शोले”




बाग्लुङ, चैत्र २८
बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस बाट यतिबेला बिश्व त्रसित बनिरहेको छ! सरकारले यसको रोकथाम र नियन्त्रणको निमित्त देश ब्यापी रूपमा लकडाउन गरेको छ,यसको प्रभाव यतिबेला बागलुङ र म्यादिमा समेत कडाइसाथ लागु भएको छ। बागलुङमा कोरोना भाइरस संक्रमित भेटिए संगै बाग्लुङका सम्पुर्ण स्थानीय निकाय र म्याग्दी जील्लाका सम्पुर्ण स्थानीय तहमा यतिबेला कडाइका साथ विभिन्न नाका बन्द गरि कडा चेकजाँच भएको छ।

म्यादी र बाग्लुङको सिमानामा पर्ने शोले डाडामा बाग्लुङ बाट म्याग्दी प्रवेश गर्ने र म्यादी बाट बागलुङ प्रवेश गर्ने यात्रुलाई जिल्ला प्रवेश बन्देज गर्न यतिबेला म्यादी जील्ला प्रहरी कार्यलय म्याग्दी बाट खटिएका २ जना शशस्त्र र १ जना नेपाल पुलिसको साथमा म्याग्दी बाट जनसाहारा युवा कल्ब मालीका गा.पा.३ डाडागाउ का युवाहरुको नेतृत्व र बाग्लुङ बाट तमानखोला गा.पा. ४नम्बर वडा कार्यलय लाम्मेला र तमानखोला गा.पा. को नेतृत्वमा शोले डाडामा कडाइको साथ निगरानी थालिएको छ, हाल सम्म म्याग्दी बाट बाग्लुङ प्रवेश गर्न खोजेका करिब तीस जना पैदल यात्री र केही सवारी साधन शोले बाट म्याग्दी फिर्ता गरिएको छ भने बाग्लुङ हुँदै म्याग्दी प्रवेश गर्न खोज्ने करीब २३ जनालाई फिर्ता गरिएको छ।

पटकपटक पैदल यात्रीले अटेर गर्न थालेपछि कडाइ लाई अझै कडाइ गरिएको जानकारी गराइएको छ। चेकजाँच कडाइ गर्न बाग्लुङ र म्याग्दी दुबै ठाउँमा बाहिरी मान्छे आवतजावत नगरुन भन्दै आफू हरु पालो लगाएरै चेकजाँच गर्न थालेको थम बहादुर पुनले जानकारी गराए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्