गोरु काटेको अभियोगमा कास्कीमा २ जना प-क्राउ



कास्की, २८ चैत
पोखरा महानगरपालिका(३३ छप्ल्याङस्थित चालिसेबाट गोरु काटेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका(३२ लामेआहाल बस्ने २७ वर्षीय अनिस भुजेल र सोही महानगरपालिका(३३ छप्ल्याङ बस्ने ३७ वर्षीय संजय सार्की रहेका छन् । उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिशुवाबाट र प्रहरी चौकी भरतपोखरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्