कृषि क्षेत्रको विस्तार आयत र रेमिट्यन्स प्रतिस्थापन गर्न सक्छ : रामचन्द्र पौडेल



काठमाण्डौँ, चैत्र २८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनका कारण प्रभावित भएको नेपालको अर्थतन्त्रलाई उकास्नका लागि कृषि मात्र उत्तम विकल्प भएको बताएका छन् । नेता पौडेलले शुक्रवार फेसबुक लाईभ मार्फत नेपालको अर्थतन्त्रका आधारहरु उर्जा, पर्यटन र कृषि मध्ये उर्जा र पर्यटनको संभावना कोरोनाका कारण न्यून भएकाले कृषि मात्र विकल्प भएको बताए । उनले कृषिको विस्तारले मुलुकको आयत र रेमिट्यन्स प्रतिस्थापन गर्ने भएकाले अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताए ।

पौडेलले कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको वजारलाई विस्तार गरेर विचौलियाको राज अन्तय गर्न जरुरी भएको बताए । उनले नेपालका उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरि जग्गाको उपयोग गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले लकडाउनको अवस्थामा पनि कृषि उपजलाई वजारमा पठाउन रोक नलगाउन समेत आग्रह गरे । पौडेलले किसानको उत्पादन नष्ट हुने तर वजारको अभावलाई अन्त्य गर्नका लागि कृषि लकडाउनको अवस्थामा पनि कृषि उपजलाई वजारमा ल्याउने व्यवस्था गर्न माग गरे ।

नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिनुपर्ने बताए । उनले जनताको सेवा र जनतालाई टेवा दिनका लागि सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्