लमहीमा भालुको टोकाईबाट एकजना घाईते



 टेकबहादुर पुन दाङ्ग । दाङ्गको लमहीमा भालुको अाक्रमण बाट एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले अाक्रमण गर्दा घाईते भएका हुन् । डाले घाँस काट्नका लागि जंगल गएका चौधरीलाई शुक्रबार करिब ३ बजे भालुले अाक्रमण गरेको थियो । भालुको टोकाईबाट उनको खुट्टामा गहिरो चोट लागेको छ । घाईते चौधरीको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ । हाते हतियार नभएको भए अाफ्नो मृत्यु समेत हुन सक्ने चौधरीले बताए । चौधरी एक्लै जंगल गएको पारिवारिक स्रोतले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्