उद्योग वाणिज्य संघ नवलपरासीद्वारा जिल्लाका भित्रका दैनिक मजदुरीलाई राहत वितरण



सुनवल । उद्योग वाणिज्य संघ नवलपरासीले जिल्लाका भित्रका दैनिक मजदुरी गरेर खाने गरिव तथा अति विपन्न हरुको लागी राहत सामाग्री आज देखि स्थानिय तहहरु उपलब्ध गराएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर खाने, असाय असक्त तथा निम्न वर्गहरुको जिवनयापन

सहज वनाउनका लागी उद्योग वाणिज्य संघ नवलपरासीले जिल्लाका उद्योगी , व्यावसायी तथा वर्तमान कार्यसमितिबाट राहत संकलन जिल्लाका सवै नगर तथा गाउँपालीकाहरुलाई उपलब्ध गराइएको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब भण्डारीले बताउनुभयो । जस अन्तरर्गत आज पाल्हिनन्दन गाँउपालीका र सुनवल नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । उद्योग वाणिज्य संघ नवलपरासी द्धारा अति विपन्न मजदुरी गरेर खाने असाय असक्तहरुको लागी भनेर प्रत्येक स्थानिय तहलाई १ हजार के जि सोना स्टीम चालम उपलब्ध गराइएको संघका महासचिव गिरिराज पाण्डेले बताउनु भयो । त्यस्तै वर्दघाट लागाएत वाकि रहेका स्थानिय तहहरुलाई पनि राहत सामग्री उपलब्ध गराइने संघकि सचिव तारा आर्चायले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्