तमानखोला गाउँपालीका ४ लाम्मेलामा ४३ जनालाई राहत बितरण




तमानखोलौँ, चैत्र २९
यतिबेला बिश्वब्यापी रूपमा कोरोना भाइरसले त्रसित बानाएको छ, यसको प्रभाव नेपालमा समेत परेको छ,दैनिकी ज्यालादारी गर्दै गुजारा चलाउने हरुको रोजिरोटी खोसिएको छ, उनिहरु यो समय कसरी परिवारको पालनपोषण गर्ने भन्ने चिन्ताले पिरोलिएका छन यहीँ समस्या र चिन्ता लाई मध्यनजर गर्दै नेपाल सरकारले देशब्यापी रूपमा दिनभर ज्यालादारी गरेर गुजारा चलाउने हरुलाइ राहत बितरण गरेको छ।

यहीँ अन्तर्गत आज तमानखोला गा.पा४ लाम्मेलामा ४३ जनालाई जनही ३० के.जी. चामल , ३ के.जी. दाल , २ के जी नुन , ४ वटा साबुन , २ लिटर तेल र २ के.जी चिनी बितरण गरिएको छ। परिवारको अवस्था कम्जोर भएको , ज्यालादारी गरि गुजारा चलाउने ब्यक्ति छ्नोट गरि राहत बितरण गरिएको वडा अध्यक्ष उदिम बहादुर छन्त्यालले जानकारी दिनु भयो।

सरकारले राहतको निमित्त नगरपालिकालाई १० लाख र गाउँपालीका लाई ५ लाख बितरण गरेको थियो , तमानखोला गा.पा.भित्र ५२५ परिवारलाई पहिलो चरणमा राहत बितरण गरिएको र थप गा.पा. को प्रत्येक घरदुरिमा साबुन बाडने तयारी रहेको गा.पा.अध्यक्ष जोकलाल बुढाले जानकारी गराउनु भएको छ। गा.पा.को ६ वटै वडामा राहत सामाग्री पठाइ सकिएको र क्रमश वडा नम्बर १ मा १३७, २ नम्बर वडामा १४२ , ३ नम्बर वडामा ९० , ४ नम्बर वडामा ४३, ५ नम्बर वडामा ६१ र ६नम्बर वडामा ५२ परिवारलाई राहत पठाइएको अध्यक्ष जोकलाल बुढाले जानकारी गराउनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्