मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले स्थानीय वायुको मात्रै प्रभाव रहेकाले मौसम सामान्यतया सफा रहने भएको मौसमविदले बताएका छन्।देशको पूर्वी भू–भागमा अहिले सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। अपराहन्नपछि पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्