बाजुराको गौमुल गाउँपालिकामा बाघ आतंक, २८ भेडा मरे



काठमाण्डौँ, चैत्र ३०
बाजुराको गौमुल गाउँपालिकामा बाघको आतंक बढेको छ । गाउँपालिकाको अन्द्रडी र पौदालीमा लगातार बाघ आतंक भइरहेको छ। यस अघि गाउँपालिकाको–१ अन्द्राडीमा बाघको आक्रमणबाट १९ भेडा मरेको १ दिन नबित्तै फेरि वडा नम्बर २ को पौदालीमा शनिबार बाघको आक्रमणबाट करिब ९ भेडा मारेका छन् । सनिवार मधयराति १२ बजे तिर गाउँ नजिकैको गोठ छानामा हुलेका भेडालाई बाघले आक्रमण गरी मारेको अवस्थामा फेला परेको स्थानीइले बताएका छन् ।

विहिबार बाघको आक्रमणबाट स्थानीय काँशी बोहराका ८ वटा,हिमाल रोकायाका ७ वटा, शिव रोकायाका २ वटा र माता रोकायाका २ वटा गरी १९ भेडा बाघले मारेको स्थानीय हंस रोकायाले जानकारी दिएका छन् ।

गोठ छानामा हुलेर राखेको भेडाहरुलाई गएराति बाघले आक्रमण गर्दा करिव २ लाख रुपैंया बढीको नोक्सान भएको छ । स्थानीयको आयस्रोतको रुपमा रहेको भेडा व्यवसाय पछिल्लो समय संकटमा परेका छ । यता गौमुलगाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकाबाट आवश्यक राहतको व्यवस्था गर्ने बताएका छन् ।

बाघको आतंकबाट स्थानीयका भेडाहरु मारेर धेरै क्षति भएको बताउँदै अध्यक्ष रोकायाले बाघ नियन्त्रणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताए । स्थानीयले लाखौंको क्षती बेहोर्नु परेको बताउँदै तत्काल क्षेती अनुसार स्थानीयलाई राहात दिने बताएका छन् ।परम्परागत भेडापालन ब्यसाय त्यसैत संकटमा परेको वेला बाघ आतंक बढेपछि स्थानीय चिन्तित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्