आजको मौसम : मेघगर्जन–हावाहुरी –चट्याङ सहित क्षणिक वर्षा



काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन–हावाहुरी –चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहने छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार नयाँ वर्षको पहिलो दिन देशका अधिकांश भागमा सामान्यदेखि आंशिक बदली रहेको छ । काठमाडौं उपत्यकामा पनि बदली रहेको छ । बिहानको तापक्रम १७ डिग्री सेल्सियस रहे पनि घाम भने लागेको छैन । बादलले ढाकेको छ । भिजिबिलिटी मात्र २।५ किलोमिटर रहेको छ । वर्षाको सम्भावना रहेको पनि उनले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्