इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी विजयी



सैघाली खबर
काठमाडौं,१३ मंसिर


इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गयराती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् ।तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई उसैको मैदानमा ४–२ ले हराएको हो ।प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई २–१ ले हराएको छ ।प्रिमियर लिगमा आज राति ६ खेल हुनेछन् । शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनसँग खेल्दा चेल्सी र स्वान्सी सिटी, आर्सनल र हडर्स्फिल्ड टाउन तथा स्टोक सिटी र लिरभपुल भिड्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्