सक्सेस कप फुटबलको उपाधी प्रहरीलाई



लक्ष्मण बस्नेत
२१ जेठ तुलसीपुर । दाङको तुलसीपुर अरनीको मैदानमा सम्पन्न सक्सेस कप अन्तरविद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधी मध्यपश्चिम क्षेत्रिय प्रहरी वोडिङ घोराहीले हात पारेको छ ।
सक्सेस फुटबल क्लब तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको आइतबार सम्पन्न फाईनल खेलमा भ्याली टप बोर्डिङ स्कुल घोराहीलाई सुन्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजीत गर्दै प्रहरीले उपाधी चु्मेको हो । उपाधी हात पारेको मध्यपश्चिम प्रहरीले २० हजार बराबरको कप उचालेको छ । उल्लेख्य दर्शंकले खचाखच भरिएको खेलमा उच्च मनोवलका साथ प्रस्तुत भएको प्रहरीका तर्फबाट नवराज खड्काले पहिलो हाफ्को सुरुवातीमा गोल गर्दै टिमलाई ०–१ को अग्रता दिलाउन सफल भए । त्यस्तै दोश्रो हाफ्को १० औ मिनेटमा नवराजले थप १ गोल गरे भने विकास डाँगी २, अमित तिन्कारी र विनोद चन्दले १÷१ गोल गर्न सफल भए । upadi 3
जेठ १२ देखी संचालित प्रतियोगितामा जिल्लामा स्थापित निजी तथा सामुदायीक विद्यालय गरी २४ टिमको सहभागिता रहेको थियो । यसैविच प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष सुरज वलीको अध्यक्षता तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसंघका उपमहासचिव सुरेश हमालको प्रमुख आतिथ्यता एवं तुलसीपुर उद्योगवाणिज्य संघका कोषाध्यक्ष ललित जंग शाह र दाङ जिल्ला फुटबल संघका महाँसचिव सुशिल श्रेष्ठको विशिष्ठ आतिथ्यमा भएको थियो । सो अवसरमा वेस्ट किपर अनिश चौधरी, वेस्ट डिफेन्स प्रवेश गौतम, टप स्कोरर बसन्त थापा, वेस्ट प्लेयर वसन्त जिएम र राइजिङ प्लेयर प्रविण पुनलाई घोषित गरिएको थियो । विजेता ,उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रंमुख अतिथीहरुले कप, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन पत्रकार दिपक कुमाल र प्रकाश विश्वकर्माले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्