आजको मौसमः असिना-पानी र हावाहुरीको सम्भावना, दिनभर कस्तो रहला ?



काठमाडौँ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकाका कारण मौसम बदली भएको जनाइएको छ।पूर्वी र पश्चिमी क्षेत्र साथै मध्यका पहाडी भू भागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको भएको मौसमविदले बताएका छन् ।

शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने छ । मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको छ ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्