जापानमा देशभर आपतकाल घोषणा, आउँदो मे ६ सम्म जारी रहने



काठमाडौं । कोरोना भाइरसको संक्रमण लगातार बढ्ने क्रम जारी रहेपछि जापानमा देशव्यापी आपतकालीन अवस्था घोषणा गरिएको छ ।

योसँगै अब गभर्नरहरुले नागरिकलाई घरमै बस्ने आदेश दिन पाउने भएका छन् । तथापि, घर भित्रै बस्नका लागि बाध्यकारी कानुन भने बनाइएको छैन । सजायको पनि व्यवस्था उल्लेख गरिएको छैन । देशव्यापी आपतकालीन अवस्था आउँदो मे ६ सम्म जारी रहने जापान सरकारले उल्लेख गरेको छ ।

यसअघि अप्रिल ८ मा प्रधानमन्त्री शिन्जो आबेले देशका ७ क्षेत्रमा १ महिनाका लागि आपतकालीन अवस्था लागू गरेका थिए । अहिले यसलाई थपेर देशव्यापी आपतकालीन आवस्था कार्यान्वयनमा ल्याइएको हो । जापानमा हालसम्म कोरोना भाइरसबाट १ सय ७८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ८ हजार ६२६ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्