राहत वितरण गर्ने क्रममा झ-डप, एक प्रहरीसहित दुई घा-इते




काठमाण्डौ, वैशाख ५
पर्साको छिपहरमाई गाउँपालिका ३ झलमहिया गाउँमा अति विपन्न परिवारलाई राहत वितरण गर्ने क्रममा शुक्रबार झडप भएको छ । झडपमा परी गाउँपालिकाका एक प्रहरीसहित दुईजना घाइते भएका छन् । झडपमा गाउँपालिकाका प्रहरी बिनोद साह कानु र स्थानिय चन्द्रिका साह कानु घाइते भएको इलका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।

घाइतेमध्ये चन्द्रिकाको टाउको फुटेको र गाउँपालिकाका प्रहरी बिनोदको घाँटीमा गम्भीर चोट लागेको छ । घाइते विनोदको भिस्वाको स्वास्थ्य संस्थामा र चन्द्रिकाको गाउँकै स्वास्थ्य क्लिनिकमा उपचार गरिएको छ ।

स्थानीयका अनुसार , वडा नम्बर ३ झलमहीया गाउँमा लकडाउनका कारण समस्यामा परेका २ सय २५ परिवारको सूची सर्वदलीय समितिले तयार पारेको थियो ।तर शुक्रबार सर्वदलीय टोलीले १ सय २५ परिवारको मात्रै नामावली लिएर शुक्रबार गाउँमा पुगेपछि त्यहि विषयलाई लिएर विवाद भइ झडप भएको हो ।

झडपको क्रममा दुई पक्षबीच ढुंगा हानाहान समेत भएको प्रहरीले जनाएको छ । शुक्रबार सर्वदलीय टोलीले १ सय २५ परिवारलाई मात्र राहत बाड्न खोजेपछि कांग्रेस पक्षधर स्थानीय केही व्यक्तिले विरोध गरेपछि तत्कालिन नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष बिनोद साह कानु पक्षसँग विवाद भइ झडप भएको हो ।

कांग्रेस र तत्कालीन माओवादी पक्षबीच झडप भएपछि सशस्त्र प्रहरीले लाठी चार्ज गरेर स्थिती नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।यसअघि गत बुधबार छिपहरमाई गाउँपालिकाकै ४ बन्जारीमा पनि राहत वितरण गर्ने क्रममा स्थानीयले गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको विरोधमा प्रदर्शन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्